पोखरामा भोलिदेखि गण्डकी प्रदेशस्तरीय टि-२० क्रिकेट प्रतियोगिता

पाेखरा | जेठ ३०, २०८२

पोखरामा भोलिदेखि गण्डकी प्रदेशस्तरीय टि-२० क्रिकेट प्रतियोगिता

पोखरा: पोखरामा भोलिदेखि हुने तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । 


प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा हुने प्रतियोगिता जेठ ३१ देखि असार ६ गतेसम्म सञ्चालन हुने संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । 


संघले आज (शुक्रबार) पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी समेत गराएको छ । 


क्रिकेटको बढ्दो लोकप्रियता र खेलकुदको भविष्यलाई मध्यनजर गर्दै आयोजना गरिँदै आएको प्रतियोगितामा यस वर्ष गण्डकी प्रदेशका आठ जिल्लाको सहभागिता जनाउने अध्यक्ष सिग्देलले बताए । 


पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा आयोजना हुने प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन हुनेछ ।  


समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको छ ।


उनका अनुसार प्रतियोगिता युवा खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरेका छन् । 


अध्यक्ष सिग्देलले कठिन समय र परिस्थितीका बाबजुद प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा प्रतियोगिता आयोजना गरिएको बताए । 


उनले भने–“हामी संग स्रोत र साधनको अभाव छ । तर पनि हामी जुन सुकै कठिन परिस्थितीका बाबजुद यो प्रतियोगिता सञ्चालन गर्दैछौं । क्रिकेटको बढ्दो लोकप्रियता संगै विभिन्न जिल्लामा छरिएर रहेका यूवा पुस्तालाई एक्सपोजर दिन पनि यो प्रतियोगिताको भूमिका महत्वपूर्ण रहनेछ ।”


प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् ।


प्रतियोगितालाई सफल रूपमा सम्पन्न गर्न पूर्व क्यान केन्द्रीय सदस्य ऋषीराम गौतमलाई संयोजक तोकिएको छ । 


गण्डकी क्रिकेट संघका सदस्य समेत रहेका गौतमले क्रिकेटको विकासका लागि प्रदेश सरकारले प्रतियोगिता र पूर्वाद्धार विकासका लागि रकम विनियोजन गर्न आग्रह गरे । उनले भने–“हाम्रो मात्र प्रयासले क्रिकेटको विकास सम्भव छैन । यसमा प्रदेश सरकारको समेत उत्तिकै दायित्व रहन्छ । हरेक वर्ष वजेट विनियोजन भएमा खेलाडी उत्पादन सहज रुपमा अघि बढ्छ ।” 


संघले सञ्चारकर्मीहरूलाई प्रतियोगितालाई आफ्नो माध्यमबाट प्रचारप्रसार गरी खेलाडी र आयोजकको हौसला बढाइदिन समेत अनुरोध गरेको छ ।


प्रतियोगिता पोखरा रंगशालाको एक मात्र क्रिकेट मैदानमा हुनेछ, जुन आगामी यू–१९ महिला टि२० आई विश्वकप २०२७ को सम्भावित स्थल समेत हो ।
 

गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

थप पढ्नुहोस्

पोखरा:   निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् ।   प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

थप पढ्नुहोस्

सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् ।   श्रम संस्कृति पार्टीका संस्थापक रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् ।   निकटतम प्रत...

थप पढ्नुहोस्